+
+

६ महिनामा शोधनान्तर स्थिति साढे २ खर्बले बचतमा

प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५० करोड

पहिलो ६ महिनामा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोड बचतमा थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते २१:०४

२० माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन–पुस) मा शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा पुगेको छ ।

नेपालबाट बाहिरिने रकमको तुलनामा भित्रिने धेरै हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । पुस मसान्तसम्म २ खर्ब ४९ अर्ब २६ करोडले शोधनान्तर स्थिति बचतमा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ८२ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष २ अर्ब ६ करोड बचतमा थियो ।

यस अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोड बचतमा थियो ।

अमेरिकी डलरमा १ अर्ब ८ करोडले चालु खाता बचतमा छ । अघिल्लो वर्ष डलरमा चालु खाता १ अर्ब २२ करोडले बचतमा थियो । ६ महिनामा खुद पूँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड छ ।

यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५० करोड भित्रिएको छ । अघिल्लो वर्ष ४ अर्ब ५४ करोड मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?