+
+

शिक्षामा विदेशिने रकमको गति रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते १९:१२

२० माघ, काठमाडौं । शिक्षाका लागि विद्यार्थीसँगै विदेशिने रकमको गतिमा ‘ब्रेक’ लागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना शिक्षामा ५६ अर्ब ८३ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो वर्ष यसै अवधिको तुलनामा भने केही कम हो ।

अघिल्लो वर्ष ६ महिनामा ५८ अर्ब ९५ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकले जनाएको छ । यस अवघिमा सेवा खाता व्यय १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ । शिक्षाबाहेक विदेश भ्रमण जाने नेपालीले धेरै रकम विदेश लगेका छन् ।

भ्रमण आय भने पाँच महिनामा ४१ अर्ब ८६ करोड हाराहारी मात्र छ । यो अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशत बढी हो । अघिल्लो वर्ष भ्रमण आय ३९ अर्ब ८२ करोड थियो ।

भ्रमण आयको तुलनामा व्यय माथि रहँदा खुद सेवा आय घाटामा छ । ६ महिनामा सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?