
२० माघ, काठमाडौं । केमिकल इन्जिनियरिङ विद्यार्थी समाज (सोच) ले तीन दिने केमिकल इन्जिनियरिङ सम्मेलन आयोजना गर्ने भएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका स्नातक तहका विद्यार्थीहरूले पुल्चोक क्याम्पसमा २८, २९ र ३० माघमा कार्यक्रमको आयोजना गर्न लागिएको समाजकी अध्यक्ष एलिसा बुढाले जानकारी दिइन् ।
उनका अनुसार सम्मेलनमा ३० बढी प्रोजेक्ट विद्यार्थीले प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।
‘औद्योगिक विकास देशको आर्थिक विकासको मेरुदण्ड भएकाले नेपालमा औद्योगिक क्रान्ति आवश्यक छ र यसको संवाहकका रूपमा केमिकल इन्जिनियरको उत्थान अपरिहार्य रहन्छ,’ उनले भनिन् ।
नेपालमै उद्योगहरू स्थापना गरी विदेशी आयातको प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवर्द्धन गर्न, देशभित्र रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरको जग उठाउन केमिकल इन्जिनियरिङ आवश्यकता रहेकोले प्रदर्शनी आयोजना गर्न लागिएको समाजले जनाएको छ ।
प्रतिक्रिया 4