
१९ माघ, काठमाडौँ । थारू विद्यार्थी समाज उपत्यका समितिको अध्यक्षमा मन्दिरा चौधरी निर्वाचित भएकी छिन् ।
शनिबार ललितपुरको कुपोन्डोलस्थित नाइटिङ्गल कलेजको सभा हलमा आयोजित ८औ अधिवेशनबाट मन्दिरा चौधरी (उदयपुर) सर्वसहमत निर्वाचित भएकी हुन् ।
विद्यार्थी समाजको उपाध्यक्षमा विकल्प चौधरी (बर्दिया) र महिला उपाध्यक्षमा गीता चौधरी (दाङ) निवार्चित भएका छन् ।
यस्तै समाजको सचिवमा टिकाराम चौधरी (बाँके), सह-सचिव लक्ष्मी डंगौरा (कन्चनपुर), कोषाध्यक्षमा निरजकुमार चौधरी (सप्तरी) चयन भएका छन् ।
यस्तै विद्यार्थी समाज उपत्यकाको सदस्यहरूमा भुवन चौधरी(रूपन्देही), उज्ज्वल चौधरी(सप्तरी), ज्ञानुषा चौधरी( कन्चनपुर), अनुराधा चौधरी (सप्तरी), सुदिप चौधरी (बर्दिया), विवेकानन्द चौधरी (सप्तरी), हरिकृष्ण चौधरी (सप्तरी), संजित चौधरी(बर्दिया), निशेष चौधरी (बर्दिया), सुमिन चौधरी(बर्दिया), प्रचण्ड दहित (बर्दिया), मनिष चौधरी(सर्लाही) र पुजा चौधरी ( सप्तरी) निर्वाचि भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा थारू बिधार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद चौधरीले विद्यार्थीहरूले आफ्नो हकअधिकारका लागि एकजुट हुनुपर्ने बताए ।
यस्तै विशिष्ट अतिथि नेता तथा अभियन्ता सुरेन्द्र चौधरी,अतिथिहरूमा राष्ट्रिय थारू कलाकार मन्चका केन्द्रीय महासचिव विजय चौधरी,बर्दियाली थारू विकास मन्चका अध्यक्ष सिताराम थारू,थाविसका केन्द्रीय उपाध्यक्ष अधिवक्ता गीता चौधरी,केन्द्रीय सदस्यहरू बिमल चौधरी,चन्द्रप्रकाश चौधरी,आशिष् चौधरी,थारू सान्स्कृतिक संगीत विकास मन्चका अध्यक्ष इन्द्र चौधरी,थाविस उपत्यकाका पूर्व अध्यक्ष सुरेश चौधरी लगायतका आ-आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया 4