+
+

निकासी पैठारी नियमन विधेयक संसद्‌मा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १०:४५

२१ माघ, काठमाडौं । निकासी पैठारी नियमन सम्बन्धी विधेयक संसद्‌मा दर्ता भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विधेयक ल्याएको मन्त्री भण्डारीले बताएका छन् ।

मन्त्रालयका अनुसार निकासी, पैठारीलाई प्रभावकारी बनाउने, निकासी सम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अन्तर्गत यो विधेयक आएको हो ।

राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बनाएर देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने विधेयकको उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?