+
+

प्रचण्डलाई विष्णु पौडेलको जवाफ : शक्ति नहुनेले सरकार ढल्छ भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १०:१४

२१ माघ, लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ढाल्ने शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सरकार आफैं ढल्ने अभिव्यक्ति दिंदै आएका थिए । उनलाई जवाफ दिंदै उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो ।’

उपप्रधानमन्त्री पौड्लले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको दाबीसमेत गरे ।

अर्को प्रशंगमा उनले मुलुकका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको दाबी गरे । सामाजिक सञ्जाल विधेयकबारे पनि सरकार प्रेसस्वतन्त्रताविरुद्ध उभियो भन्ने भ्रम फैलाइएको उनको आरोप छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?