+
+

‘घरज्वाइँ’ निर्देशकले घोषणा गरे ‘मितज्यू’, प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १२:५०

काठमाडौं । यसवर्षको हिट फिल्म ‘घरज्वाइँ’का निर्माताले नयाँ कथानक ‘मितज्यू’ निर्माणको घोषणा गरेका छन् । वसन्त पञ्चमीको अवसरमा निर्माता जनक घर्तीमगरले नयाँ सोसल–ड्रामा बनाउने जनाएका हुन् ।

फिल्मलाई ‘घरज्वाइँ’ डेब्यु निर्देशक अनिल बुढामगरले निर्देशन गर्नेछन् । सार्वजनिक थिम-स्केच पोस्टरमा दुई युवकलाई पहाडी सडकमा मालवाहक भ्यानअघि हात जुधाइरहेको देख्न सकिन्छ ।

दुई मितको कथा समेटिने बताइएको यो फिल्म पहाडी भूभागमा खिचिने जनाइएको छ । प्रदर्शन २०८२ सालको चैत २७ गते हुने उल्लेख छ ।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । आउँदो वर्ष निर्माण हुने बताइएको यो फिल्मबारे थप खुलाइएको छैन । कलाकार र प्राविधिकबारे चाँडै विस्तृत जानकारी दिने निर्माता घर्ती बताउँछन् ।

यसवर्ष ‘गाउँको आएको बाटो’ लेखेर चर्चा बटुलेका महेश राईको पटकथा रहने फिल्मको निर्माण नियन्त्रकमा धनबहादुर राई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?