+
+

मेरो नातिले कागलाई तपाईं भन्छ, मलाई तिमी : ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १३:१५

२१ माघ, काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।

विभिन्न विद्यालयले आज विविध कार्यक्रमसहित वसन्त पञ्चमी मनाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि वसन्त पञ्चमीकै अवसर पारेर आयोजना गरिएको एक अन्तक्रियामा सहभागी भएका छन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलमा आयोजित युवा विद्यार्थीसँगको अन्तक्रियामा सहभागी भएका प्रधानमन्त्री ओलीले विभिन्न सुझावहरू विद्यार्थीमाझ राखे ।

प्रधानमन्त्री ओलीलाई पनि अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले विभिन्न प्रश्न राखेका छन् ।

अन्तरक्रियाका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सानो नातिको उदाहरण दिँदै भाषा कस्तो बनाउने भन्नेबारे राम्रो ज्ञान हुनुपर्ने जिकिर गरे ।

नाति सानै भएको र भाषाबारे ज्ञान नहुँदा कागलाई तपाईं र आफूलाई तिमी भन्ने गरेको उल्लेख गरे ।

‘मेरो सानो नाति छ एउटा । काग करायो भनेको त्यस्तो भन्न हुँदैन भन्यो । अनि त्यसपछि तिमी आऊ, मसँगै आऊ भन्छ । तपाईं भन्न त सिकाइयो कहाँनिरे कस्लाई भन्ने सिकाइएन काग करायो भन्न नहुने । कराउनुभयो भन्नुपर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘तिमीचाहिँ आउ भन्छ मलाई । हजुरबुवालाई चाहिँ तिमी भन्छ । यो उसले बुझेको छैन । बुझ्ने बेला भएको छैन । यो त नबुझेको हो ।’

उनले नेपाली भाषाको थप चर्चा गर्दै अघि भने, ‘आमाबुवालाई तिमी होइन, तपाईं भनिन्छ । हजुरबुवा गुरुबा गुरुआमालाई तपाईं भनिन्छ । आफूभन्दा साना मान्छेलाई तिमी भन्न सकिन्छ । हाम्रो भाषाले तँ, तिमी, तपाईं, हजुर लगायत सबै राखेको । हाम्रो भाषामा धेरै गुणहरू छन् । हाम्रो भाषा सम्पन्न छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?