+
+

कांग्रेसमा अन्तर्घात महारोग बन्यो : उपसभापति खड्का

अपराधपूर्ण अन्तर्घातले मात्र कांग्रेसलाई बहुमत ल्याउन रोक्न सक्छ

२०७९ मा माओवादीसँग गठबन्धन बनाएर चुनाव लड्दा पनि अन्तर्घातको कारण कांग्रेसले प्रदेशमा ४० र संघमा ३० सिट हार्नुपरेको उपसभापति खड्काले सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १५:५९

२१ माघ, पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घात कांग्रेसको महारोग बनेको बताएका छन् । कांग्रेसमा वर्षौंदेखि झांगिएको अपराधपूर्ण अन्तर्घातले मात्र पार्टीलाई निर्वाचनमा बहुमत ल्याउन रोक्ने गरेको उनको भनाइ छ ।

नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा गरेको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रममा उपसभापति खड्काले अन्तर्घातले कांग्रेसले गाँजेको बताएका हुन् ।

‘अन्तर्घात कांग्रेसको महारोग भयो । यो रोग अन्त्य गर्‍यौं भने प्रदेश र संघमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्छ,’ उनले भने, ‘हामीले हाम्रो व्यवहार बदल्नैपर्छ ।’

एक्लै चुनाव लड्मा मात्र नभई गठबन्धन बनाएर लड्दा पनि अन्तर्घातको कारण कांग्रेसले धेरै क्षति व्यहोर्दै आएको उनको भनाइ थियो ।

‘हिजो (२०७९ मा माओवादीसँग) गठबन्धन गर्दा पनि प्रदेशका ४० र संघका ३० वटा सिट अन्तर्घातकै कारण हारेका हौं । हामीलाई कसैले रोक्न सक्दैन । रोक्ने भनेको वर्षौंदेखिको अपराधपूर्ण अन्तर्घातले हो,’ उपसभापति खड्काले भने ।

पार्टी एकढिक्का भए यही निर्वाचन प्रणालीमा बहुमत ल्याउन सक्ने उनको थियो । सोही कार्यक्रममा उद्घाटन मन्तव्य दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानमा रहेको निर्वाचन प्रणालीले बहुमत ल्याउन सहज नभए पनि पार्टी एकढिक्क भए बहुमत ल्याउन सकिने बताएका थिए ।

त्यसलाई दोहोर्‍याउँदै उपसभापति देउवाले भने, ‘मञ्चमा एकता होऔं, विवादहरू भए कोठाभित्र छलफल गरौं । एकताबद्ध भएर अगाडि बढौं । ०८१ को अभियान चलाऔं, ०८२ को अभियान चलाऔं । ०८३ को अभियान चलाऔं । तीन वर्षका अभियान सफल भएपछि ०८४ को आमअभियानमा स्थानीय तह, प्रदेश र संघमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसमा वर्षौंदेखिको अपराधपूर्ण अन्तर्घातले रोक्छ ।’

कांग्रेसको नीति, विचार सिद्धान्त वा इतिहास प्रति कसैको गुनासो छैन भन्दै उनले नेताहरूको व्यवहारमा समस्या रहेकाले बदल्न जरुरी रहेको जिकिर गरे ।

‘जनताको गुनासो, मतदाताको गुनासो, जमिनमा पार्टी बचाएर बचेकाहरूको गुनासो कांग्रेसको लोकतन्त्र, समाजवाद, राष्ट्रियतासँग छ ? कांग्रेसको परिवर्तनको इतिहाससँग छ ? छैन । छ भने मेरो व्यवहारसँग छ । त्यसैले हामीले आफ्नो व्यवहार बदलौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?