
२१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एशोसिएशनको सिफारिस अनुसार खड्लाई नियुक्त गरेका हुन् ।
यसअघि खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । खड्का बरिष्ठ अधिवक्ता हुन् ।
नेपाल बार एशोसियसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4