+
+

मन्त्रिपरिषद् बैठकको स्थान परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १६:१०

२१ माघ, काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठक बालुवाटारमा बस्ने भएको छ । बैठक अपराह्न पाँच बजे बस्नेछ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आजको मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी थियो ।

आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?