+
+

नेफ्टा महासचिवले फिल्म ‘मनको बाँध’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १६:०९

काठमाडौं । निर्माण नियन्त्रकको रुपमा चर्चित युवराज कार्कीले कथानक फिल्म ‘मनको बाँध’ निर्देशन गर्ने भएका छन् । डेब्यु फिल्मको रुपमा उनले सोमबार फिल्मको घोषणा गरे ।

‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् । अहिलेसम्म कलाकार तथा प्राविधिकको नाम खुलाइएको छैन ।

चलचित्र प्राविधिक संघका महासचिव समेत रहेका कार्कीले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता फिल्ममा निर्माण नियन्त्रकको काम गरेका छन् । ‘के घर के डेरा’मा उनी कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा छ ।

‘मनको बाँध’ ग्रामीण जीवनका संघर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयको कथावस्तुमा आधारित हुने जनाइएको छ । फिल्ममा महिलाको साहस र धैर्यताको कथालाई चित्रण गरिने जनाइएको छ । यसअघि पनि २०३० साल फागुन ८ गते शाही नेपाल चलचित्र संस्थाले बनाएको पहिलो फिल्मको रुपमा ‘मनको बाँध’ रिलिज भएको थियो । प्रकाश थापाको यो डेब्यु निर्देशन रहेको फिल्म थियो ।

मौलिक फिल्म बनेको दशकपछि सोही नाममा शीर्षक दर्ता गर्न पाइने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?