
काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पछिल्ला दुबै एपिसोड पनि खास रहे । ट्यालेन्टले आफ्नो प्रतिभामार्फत कुर्सी घुमाउन कोचलाई बाध्य तुल्याए ।
सानदार प्रस्तुति दिएर केही ट्यालेन्ट छनोट हुँदा केही भने छनोट हुन सकेनन् । पछिल्ला एपिसोडमा प्रतिस्पर्धा कसिलो बन्न थालेपछि कोच पनि छनोटमा चुजी भनेको प्रष्ट देखियो । जसले गर्दा, छनोट हुने सम्भावनाका ट्यालेन्ट पनि छनोट भएनन् ।
जसले गर्दा भ्वाइसका पछिल्ला एपिसोड चाखलाग्दो र प्रतिस्पर्धात्मक बनिरहेको देखिएको छ । ‘अब पछिसम्मको लागि हेरेर मात्र प्रतिस्पर्धामा उत्रने खरो ट्यालेन्ट छनोट गर्न जरुरी देखिएको छ’ शनिबारको एपिसोडमा कोच राजु भन्दै थिए । कोच मेलिना राईले पनि आउने ट्यालेन्टबीच १९/२० को फरक भएपनि प्रतिस्पर्धा हेरेर छनोट गर्न आफूहरू बाध्य भएको बताइन् ।
जसले गर्दा, ब्लाइन्ड अडिसनका पछिल्ला एपिसोड प्रतिस्पर्धात्मक हुने देख्न सकिन्छ । यो पटकको ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धीले आफूलाई योग्य सावित गर्न कठिन प्रयास गर्नुपर्यो । यस सिजनमा २५ प्रतिस्पर्धीले चारै कोचको कुर्सी घुमाउन सफल भएको खबर पहिले नै सार्वजनिक भइसकेको थियो ।
अब पछिल्लो एपिसोड ५ र ६ मा पनि ५ जना प्रतिस्पर्धीले चारै कोचको कुर्सी घुमाउन सफलता प्राप्त गरेका छन् । खोटाङका ३७ वर्षीय रोशन राईले नारायण गोपालको कालजयी गीत ‘लौ सुन म भन्छु’ गाएर सबैको ध्यान खिचे ।
उनको आवाजमा गहिराइ र मिठास थियो जसले कोचलाई आकर्षित तुल्यायो । राईले कोच मेलिनाको टीम रोजे र यसलाई आफ्नो संगीत यात्रा सुरु गर्ने मौका माने । ‘मैले पहिले पनि गीत गाएको छु, तर भ्वाइसको स्टेजले मलाई मेरो असल क्षमता देखाउन अवसर दियो’ उनले भने ।
उदयपुरकी २३ वर्षीय पम्फाकुमारी राईले ‘राई माइलाले गावैं छोड्यो’ गीत गाएर चारै कोचको कुर्सी घुमाइन् । कभर गीत गाउँदै आएकी थिइन् उनले भ्वाइसको स्टेजमा आएर नयाँ किसिमको संगीत अनुभव गर्न चाहेको बताइन् । उनले कोच उदयको टीम रोजिन् र यसलाई आफूले चाहेको संगीत दिशा अपनाउने अवसर मानिन ।
इलामका २१ वर्षीय प्रमेश राईले पुष्पण प्रधानको ‘एउटा सपना छ’ गीत गाएर सबैको मन जिते । प्रमेशको आवाजमा छुट्टै पावर थियो, जसले कोचलाई आकर्षित गर्यो । जहाँ उनले कोच राजु लामाको टीम रोजे । दीपकले ४ बर्षदेखि संगीत सिक्दै आएका छन् । ‘आफ्नो शिक्षा र संगीतलाई सँगै लैजाने इच्छा छ’ उनले भने ।
पिटु गहतराजले दीपानारायण झाको ‘भुलिगए सम्झना’ गाएर चारै कोचको कुर्सी घुमाइन् । पिटुको आवाजमा त्यस्तो विशेषता थियो जसले कोचलाई निकै प्रभावित तुल्यायो । संगीतमा भविष्य बनाउने सोचका साथ उनी भ्वाइसमा सहभागि थिइन् । उनले कोच उदयको टीम रोजिन् ।
दीपक विकले मेलिना राईको ‘तिमीले बाटो फेरेऊ अरे’ गीत गाएर चारै कोचलाई आफ्नो पक्षमा ल्याए । गायक राजेशपायल राईलाई आफ्नो आइडल मानेर आगाडी बढी रहेका दीपकको आवाजले धेरैलाई आकर्षित गर्यो । उनले कोच राजु लामाको टीम रोजे । अझै दुई साता ब्लाइन्ड अडिसन चल्नेछ । त्यसपछि सुरु हुने ब्याटल राउण्ड प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया 4