+
+

कागजमा लेखेको भरमा फैसला गर्नुपर्ने अवस्था छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १६:४४

२१ माघ, काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल सुरु भएको छ ।

सोमबारबाट राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको हो ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले गर्ने फैसलाहरु उच्च र जिल्ला अदालतले मानेर जानुपर्ने भएकाले राम्रो नजिर बस्नेगरी फैसला गर्नुपर्ने बताए ।

उनले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ के नपुगेर ल्याइएको हो भन्ने प्रश्नको जवाफ माग गरे ।

‘सर्वोच्चले फैसला गरेका कुराहरू नजिरको रुपमा आउँछ, त्यो नजिर उच्च, जिल्ला अदालतहरुले नजिरका रुपमा लिनुपर्ने हुन्छ । पहिला के थियो, र के नपुगेर अहिले यो कानुन ल्याउनुभएको हो,’ उनले भने ।

उनले नेपालको कानुनी प्रणालीमा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति नरहेको र कागजमा देखेको भरमा निर्णय गर्ने पद्धति रहेको बताए ।

‘हाम्रो सिस्टममा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति छैन, कागजमा लेखेको भरमा निर्णय गर्ने पद्धति छ,’ उनले भने, ‘न्यायपालिकालाई निष्पक्ष र प्रभावकारी बनाउन यो विधेयक ल्याएको हुनुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?