
२१ माघ, काठमाडौं। प्रोजेक्ट अभय र सिभिल आउटलुकको संयुक्त आयोजनामा ‘गभर्नेन्स फेलोसिप २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
जनवरी १० देखि २५ सम्म भएको फेलोसिपमा देशभरका २२ जिल्लाबाट ६७ जना सहभागीहरूले सुशासन, न्यायिक पहुँच, लैङ्गिक समानता, पारदर्शिता, र नागरिक सहभागिताजस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण र अन्तक्रिया गरेका थिए ।
फेलोसिपको प्रक्रिया छ चरणमा विभाजित गरिएको थियो, जसमा छ प्रशिक्षकले ६ वटा विषयमा प्रशिक्षण दिए। पहिलो दिन, युथ कांग्रेस नेपालका पूर्व राष्ट्रिय संयोजक सचिन तिमल्सेनाले ‘फाउन्डेसन्स अफ गभर्नेन्स’मा प्रशिक्षण प्रदान गरेका थिए । त्यस्तै दिनमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष रेग्मीले ‘लेजिस्लेफन एन्ड पोलिसी मेकिङ’ विषयमा आफ्नो अनुभव बाँडेका थिए ।
दिनमा सर्वोच्च अदालतकी अधिकृत श्रेया सञ्जेलले न्यायिक प्रक्रियासम्बन्धी विषयमा प्रशिक्षण दिएकी थिइन । ‘समावेशी सुशासन र जिम्मेवारी’का बारेमा सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनालले, ‘फेमिनिस्ट पोलिटिक्स र ग्रासरुट अभियान’माथि पूर्व संघीय संसद डा। बिन्दा पाण्डेले, र ‘नागरिक सहभागिता र सामाजिक उत्तरदायित्व’का बारेमा विवेकशील साझा पार्टीका सदस्य एवम् लेखक मिलन पाण्डेले प्रशिक्षण दिएका थिए ।
फेलोसिपको सफलता बारे बोल्दै प्रोजेक्ट अभयकी संस्थापक इशिका पन्तले यस फेलोसिपले युवाहरूलाई ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्दै उनीहरूलाई उद्देश्यपूर्ण नेतृत्व गर्न प्रेरित गर्ने बताइन् ।
उनले भनिन्, ‘हामी सधैं विश्वास गर्छौं कि वास्तविक परिवर्तन युवा सशक्तीकरणबाट सुरु हुन्छ । यस फेलोसिपले युवाहरूलाई ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्दै उनीहरूलाई उद्देश्यपूर्ण नेतृत्व गर्न प्रेरित गर्नेछ ।’
दुई साता लामो यस फेलोसिप अवधिभर अन्तक्र्रियात्मक अभ्यास, केस स्टडी र समूहगत छलफलहरूले सहभागीहरूलाई सुशासनको महत्त्व, विधि निर्माण प्रक्रिया, जिम्मेवारी र न्यायिक पहुँचका बारेमा थप ज्ञान दिएको आयोजकले जानकारी दिएका छन् ।
सिभिल आउटलुककी अध्यक्ष रेजिना बस्नेतले भनिन्, ‘हाम्रो संगठन सधैं कानून, सुशासन र डिजिटल साक्षरताजस्ता विषयमा युवाहरूलाई शिक्षित गर्न चाहन्छ । प्रोजेक्ट अभयसँगको सहकार्यले हाम्रो साझा लक्ष्यलाई अझ बलियो बनाएको छ।’
प्रतिक्रिया 4