+
+

मधेशकेन्द्रित आठ दलले भन्यो- सरकारविरुद्ध मोर्चा बनाएका होइनौं

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १७:२५

२१ माघ, काठमाडौं । आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको मधेशकेन्द्रित आठ राजनीतिक दलले बताएका छन् । सोमबार बसेको आठ दलीय कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले यस्तो बताएका हुन् ।

‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन् । त्यस्तो होइन,’ उनले भने ।

समान मुद्दा भएका दलहरूले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको उनले दाबी गरे ।

‘समान मुद्दा भएका राजनीतिक दलहरूको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ । यसले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भनेर बनेको कार्यदलले विगतमा भइआएका घटनालाई राज्यले हेर्ने दृष्टिकोण, अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा आजको बैठकमा छलफल भयो,’ चौधरीले भने ।

साथै, बैठकमा थरुहट आन्दोलनको निष्पक्ष जाँचबुझ गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, अध्यादेशबारे धारण बनाउनेलगायतका विषयमा छलफल भएको उनले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?