+
+

‘नो केबुलकार समूह’ ले पनि बनायो सरकारसँग वार्ता गर्न समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १७:३५
माइतीघरमा 'नो केबुलकार समूह' को विरोध प्रदर्शन

२१ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।

नो केबुलकार समूहले सरकारसँग वार्ता गर्न प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य छन् । उक्त समूहले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनबारे जानकारी गराएको हो ।

सरकारले केबुलकार निर्माण गर्ने क्रमममा उत्पन्न विवाद समाधान गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

सोमबार काठमाडौंको माइतीघरमा विभिन्न प्लेकार्डसहित केबुलकार विरोधी समूहले प्रदर्शन गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?