
२१ माघ, काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौँले खगेन्द्र नवजीवन विशेष शिक्षाका विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुदका सामग्रीहरू वितरण गरेको छ ।
१२औं राष्ट्रिय पुस्तक दिवस एवम् सरस्वती पूजा तथा श्रीपञ्चमीको अवसरमा जिल्ला शाखा काठमाडौँले विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुदका सामग्रीहरू वितरण गरेका हुन् ।
कार्यक्रममा काठमाडौं शाखाका अध्यक्ष नारायण दाहालले विद्यार्थीहरूलाई पुस्तक स्टेसनरी तथा खेलकुदका सामग्रीहरू वितरण गर्न पाउँदा खुसी लागेको बताए ।
साथै महासङका अध्यक्ष शिव शागर शर्माले महासंघ केवल व्यापार व्यवसायमा केन्द्रित नभई सामाजिक उत्तरदायित्व बोक्ने विषयमा उत्तिकै सक्रिय रहेको बताए । उनले भने, ‘ हामी व्यापार मात्रै होइन, सामाजिक उत्तरदायित्व पनि बहन गर्न अग्रसर रहेको छ।’ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका उपमहासचिव अर्जुन आचार्य लगायत सहभागी रहेको कार्यक्रमले अरु रचनात्मक र सामाजिक काम गर्दै जाने बताइएको छ ।
प्रतिक्रिया 4