
२१ माघ, काठमाडौं । सरकारले हिमाल आरोहणमा खटिने कामदारको बीमा रकम बढाएको छ ।
पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मार्फत सरकारले सरदार, पर्वतीय पथप्रदर्शक र उचाइ (अल्टिच्युड) मा जाने कामदारको बीमा २० लाख रुपैयाँ पुर्याएको हो । यसअघि यी कामदारको बीमा १५ लाख रुपैयाँ थियो ।
आधार शिविरका कामदारको भने १५ लाख बराबर बीमा पुगेको छ । यसअघि यी कामदारको बीमा ८ लाख रुपैयाँ थियो ।
पर्वतारोहण दलले पर्वतारोहणमा जानुअघि साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदार तथा आधार शिविरका कामदारलाई पर्वतारोहण अभियान समाप्त गरी नफर्केसम्म सरकारबाट मान्यता प्राप्त बीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना बीमा गराउनुपर्ने प्रावधान छ । सम्पर्क अधिकृतका लागि १५ लाखको बीमा तोकिएको छ ।
प्रतिक्रिया 4