+
+

प्रचण्डको सचिवालय हेर्ने जिम्मा गोविन्द आचार्यलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १८:४७

२१ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा गोविन्द आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

उनले सचिवालयका सबै कामकारबाही हेर्नेगरी जिम्मेवारी पाएका हुन् ।

पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

ती पदाधिकारीका अनुसार सचिवालयमा बसेर काम गर्दै आएका रमेश मल्लाई भने विशेष प्रदेशको सह–ईन्चार्जको जिम्मेवारी दिइएको छ ।

आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?