+
+

हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढ्यो

पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् । यसअघि यस्ता कामदारको दैनिक ज्याला ३ सय ५० रुपैयाँमात्र तोकिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १८:५२
फाइल तस्वीर

२१ माघ, काठमाडौं । सरकारले हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढाएको छ ।

पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ मार्फत सरकारले हिमाल आरोहणमा खटिने कामदारले पाउने ज्याला बढाउने निर्णय गरेको हो ।

यसअघि दैनिक भत्ता ४ सय रुपैयाँ रहेको सरदारको ज्याला अब दैनिक १ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् ।

यसअघि यस्ता कामदारको दैनिक ज्याला ३ सय ५० रुपैयाँमात्र तोकिएको थियो । आधार शिविरमा खटिने कामदारको ज्याला दैनिक १ हजार पुगेको छ । यसअघि दैनिक ३ सयमात्र थियो ।

३ हजार ७ सय मिटरसम्म उचाइमा जाने स्थानीय कामदारलाई भने दैनिक ८ सय र त्यसभन्दा माथि जाने स्थानीय कामदारको ज्याला दैनिक १ हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?