+

नेपाली एम्पुटी फुटबल टोली बंगलादेश जाने

२०८१ माघ  २१ गते २०:१३ २०८१ माघ २१ गते २०:१३
नेपाली एम्पुटी फुटबल टोली बंगलादेश जाने

२१ माघ, काठमाडौं । एसियाली एम्पुटी फुटबल प्रतियोगितामा सहभागी हुन १३ पुरूष खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ ।

खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदिप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।

प्रशिक्षकमा चक्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने छ ।

एम्प्युटी फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय