+
+

अध्यादेशका कार्यसम्पादन नियमावली पारित

आर्थिक क्षेत्र सुधार लगायतका २९ कानुनमा संशोधन गर्न ल्याइएका ६ अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते २३:१५

२१ माघ, काठमाडौं । सरकारले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावलीहरू पारित भएको हो ।

सरकारले केही दिनअघि विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । आर्थिक क्षेत्र सुधार लगायतका कामका लागि विभिन्न २९ कानुनमा संशोधन गर्न ती अध्यादेश ल्याएको थिए । तिनै अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली मन्त्रिपरिषद्ले पारित गरेको हो ।

सरकारले ल्याएका अध्यादेश १८ माघबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै पेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?