+

वेष्टहम विरूद्ध पुनरागमन जितसहित चेल्सी चौथो स्थानमा

२०८१ माघ  २२ गते ७:२३ २०८१ माघ २२ गते ७:२३
वेष्टहम विरूद्ध पुनरागमन जितसहित चेल्सी चौथो स्थानमा

२२ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्टहम युनाइटेड विरूद्ध २-१ को पुनरागमन जित हात पारेको छ । जितपछि चेल्सी अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा जारोर्ड बोवेनले ४२औं मिनेटमा गोल गर्द वेष्टहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्‍यो ।

६४औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दश मिनेटपछि वेष्टहमका आरोन वान विसाकाले आत्मघाती गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो र त्यही अग्रता कायम राख्दै ३ अंक जोड्न सफल भयो ।

२४ खेलबाट ४३ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ । उसले म्यानचेष्टर सिटीलाई पछि पारेको छ भने तेस्रो स्थानको नटिङहम फरेस्टसँग अंकदूरी ४ मा झारेको छ । वेष्टहम २४ खेलबाट २७ अंकसहित १५औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय