+

४० वर्षमा टेक्नुअघि रोनाल्डोको दुई गोल, अल नासरको फराकिलो जित

२०८१ माघ  २२ गते ८:१२ २०८१ माघ २२ गते ८:१२
४० वर्षमा टेक्नुअघि रोनाल्डोको दुई गोल, अल नासरको फराकिलो जित

२२ माघ, काठमाडौं । साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित गरेको हो ।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्‍याएका छन् ।

रोनाल्डोले आफ्नो ४०औं जन्मदिन बुधबार मनाउँदै छन् । त्यसको एक दिनअघि उनले दुई गोल गरेका हुन् । उनले पहिलो गोल पेनाल्टीमा तथा दोस्रो गोल हेडरमार्फत गरेका थिए । उनको गोलमा उनका छोरा पनि दर्शकदीर्घामा सेलेब्रेट गरेको देख्न सकिन्थ्यो ।

यो जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा ७ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ ।

अल नासर क्रिस्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय