+
+

सुनवलको भुमहीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते ९:४९

२२ माघ, काठमाडौं । नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीस्थित जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको छ ।

गएराति करिब साढे १ बजेतिर लागेको आगो आज बिहान ३ बजेर २० मिनेटमा नियन्त्रणमा लिइएको थियो ।

लेखनाथ खरेलले सञ्चालन गरेको सप्लायर्समा गाडीका टायर, मोबिल, ब्याट्री लगायतका सामान थिए । ती जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तर क्षतिको विवरण आउन बाँकी छ ।

आगलागीको कारण पनि खुलेको छैन ।

‘मुचुल्का उठाउने क्रम जारी छ, क्षतिको विवरण खुल्न बाँकी छ’ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता डीएसपी रेशम बोहराले भने ।

दमकलको सहयोगमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?