+
+

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्‍यो ३० प्रतिशत लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १०:१५

२२ माघ, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेकोछ ।

सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।

यो लाभांश बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?