+
+

कति बिक्यो फोटो- भिडियो खिच्ने फेसबुकको स्मार्ट चस्मा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १०:५३

मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले कम्पनीको रेबन स्मार्ट चस्माको बिक्रीका विषयमा जानकारी प्रदान गरेका छन् । उनका अनुसार गत वर्ष सन् २०२४ मा कम्पनीले १० लाखभन्दा धेरै रेबन स्मार्ट चस्मा बिक्री गरेको छ ।

विश्वका विभिन्न क्षेत्रहरुमा अझैसम्म पनि बजारमा नआइसकेको अवस्थामा बिक्रीको यो संख्या कम्पनीका लागि एक ठूलो सफलताको रुपमा रहेको बताइएको छ ।

जुकरबर्गले स्मार्ट चस्माका लागि यो वर्ष सन् २०२५ को लक्ष्य पनि तय गरिसकेका छन् । उनले आफ्ना कर्मचारीहरुसँग सोधेका छन् – के हामीले सन् २०२५ मा ५० लाख थान स्मार्ट चस्मा बेच्न सक्छौं ?

जुकरबर्गले भनेका छन्- मलाई थाहा छ हाम्रा लागि एउटा सवाल यो हो कि के हामी यो वर्ष १० लाख बाट २० लाखको बिक्री गर्नेछौं ? के हामी १० लाखदेखि ५० लाखसम्म पुग्न सक्दछौं ?

कम्पनीले रे बन स्मार्ट चस्मा पहिलोपटक सन् २०२३ मा लन्च गरेको थियो । तत् पश्चात् यसमा लगातार नयाँ फिचरहरु अपडेट्सको माध्यमबाट थप गरिएको छ । यो चस्मा मल्टिमोडल एआईयुक्त रहेको छ ।

हामीले देखिरहेको, सुनिरहेको तथा पढिरहको लगायतका सबै कुरालाई यसले प्रोसेस गर्दछ । यसमा लाइभ एआई ट्रान्सलेसनको सुविधा पनि रहेको छ । यो चस्मामा क्यामरा रहेको छ, जसले लाइभ भिडियो तयार गरिदिन सक्दछ । यसका अलावा तपाईंले यो चस्मालाई ब्लुटुथसँग कनेक्ट गरेर फोन कल तथा अन्य काममा समेत प्रयोग गर्न सक्नुहुन्छ ।

जुकरबर्गले भनेका छन्ः हामीले यो विधाको अन्वेषण गरेका छौं र हाम्रो प्रतिस्पर्धा अहिलेसम्म अगाडि आएको छैन ।

मेटा कम्पनी छिटै नै यो विधामा आफ्नो नयाँ प्रडक्ट समेत लन्च गर्ने तयारीमा छ । उसले यसवर्ष नयाँ स्मार्ट चस्मा सार्वजनिक गर्न सक्दछ, जसमा थप नयाँ फिचर्स हुनेछन् ।

साथै मेटाले विश्वका थप देश तथा क्षेत्रहरुमा समेत आफ्ना प्रडक्ट लन्च गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?