+
+

तोलामा १९ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते ११:०१

२२ माघ, काठमाडौं । अघिल्ला तीन दिन स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ ।

यस दिन प्रतितोला १९ सय रुपैयाँले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार (नेपाली समयअनुसार ११ बजे) प्रतिऔंस २८१६ अमेरिकी डलर पुगेको छ ।

चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?