+
महिला टी-२०आई शृंखला :

थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू

२०८१ माघ  २२ गते ११:५८ २०८१ माघ २२ गते ११:५८
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू

२२ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् । रचनाले नेपालको यू-१९ टोलीबाट महिला विश्‍वकप खेलेकी थिइन् ।

त्यसैगरी आज सिता राना मगर पनि बाहिर छिन् । उनको ठाउँमा रोमा थापा टिममा आएकी छन् । उनी शृंखलामा पहिलोपटक खेल्दै छन् ।

नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको थियो । आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

नेपालको प्लेइङ ११ : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनिषा उपाध्याय, रोमा थापा, ममता चौधरी, रचना कुमारी चौधरी

महिला टी-२०आई शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय