+
+

अमेरिकालाई चीनको जवाफ, अमेरिकी सामानमा १० प्रतिशत शुल्क

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते ११:४५

२२ माघ, काठमाडौं । चिनियाँ सामानमा १० प्रतिशत शुल्क लगाउने अमेरिकी निर्णयमा चीनले पनि जवाफ फर्काएको छ ।

चीनले अमेरिकाबाट आयात गरिने सामानहरूमा १० प्रतिशत नै शुल्क लगाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै चीनमा अमेरिकाबाट आयात हुने ठूला इञ्जिन भएका कारहरू, पिकअप ट्रक, एलएनजी (तरल प्राकृतिक ग्यास), कच्चा तेल र कृषि उपकरणहरूको आयातमा असर पर्नेछ।

अमेरिकाले चीनविरुद्ध शुल्क लगाउने अन्तिम म्याद आज सकिएको थियो।

योसँगै चीनविरुद्ध अमेरिकाको १० प्रतिशत शुल्क नीति लागू भएको छ। यसको जवाफमा तत्काल चीनले पनि जवाफी शुल्क घोषणा गरेको हो ।

यसबीचमा अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध लगाएको २५/२५ प्रतिशत शुल्कर ३० दिनको लागि स्थगित गरेको छ ।

क्यानडा र मेक्सिकोले सीमाको सुरक्षामा सुधार गर्न र लागू औषध तस्करीविरुद्ध कडा कदम चाल्ने वाचा गरेपछि अमेरिकाले यो निर्णय लिएको हो।

क्यानाडा र मेक्सिको अमेरिकासँग सबैभन्दा धेरै व्यापार गर्ने देशहरू हुन्। ट्रम्पले शुल्क लगाउने घोषणा गरेपछि दुवै देशले जवाफी कारबाही गर्ने बताएका थिए।

क्यानडाले सीमाबाट फेन्टानिल लागू औषध तस्करी रोक्नका लागि अनुगमन गर्न विशेष अधिकारी नियुक्त गर्ने बताएको छ।

त्यस्तै, मेक्सिको ट्रम्पसँग भएको सम्झौताअनुसार सीमामा १० हजार सैनिक पठाउन सहमत भएको छ।

यसअघि ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग कुराकानी गर्ने समाचार सार्वजनिक भएको थियो । बीबीसीका अनुसार यो कुराकानी आगामी २४ घण्टाभित्र हुनसक्नेछ ।

ह्वाइट हाउसकी प्रेस सचिव केरोलाइन लेविटले फक्स न्यूजमार्फत यो जानकारी दिएकी हुन्।

ट्रम्पले चीनमाथि लगाइएका भन्सार शुल्क बारे सी जिनपिङसँग छलफल गर्न सक्ने अनुमान गरिएको हो ।

चीनले अमेरिकाको यो कदमविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दर्ता गर्नसक्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?