+
+

आयोजक सम्पर्कविहिन भएपछि सिलिगुडी पुगेका सविन राई प्रस्तुति नदिई फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १२:०८

काठमाडौं । आयोजक बेपत्ता भएपछि भारतको सिलिगुढीस्थित सुकना पुगेको सविन राई र उनको ब्याण्ड फारो प्रस्तुति नै नदिइ नेपाल फर्किएको छ । ब्याण्डले भिडियो जारी गर्दै आफू ठगीमा परेको जनाएको छ ।

फेब्रुअरी २ मा ब्याण्डले प्रस्तुति दिने कार्यक्रम थियो । भिडियोमा सविनले अन्तिम समयमा पनि आयोजक सम्पर्कमा नआएपछि आफूहरू अघि नबढेको बताएका छन् ।

उनले भने, ‘हेलो सिलिगुडी ! फेब्रुअरी २ सुकनाको शोका लागि हामी आएका थियौं । तर, हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौं । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ । आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो लागेर हामी अगाडि बढेनौं ।’

अर्का गायक स्वप्नील शर्माले पनि आयोजकले बिना कुनै योजना र तालिका आफूलाई उपलब्ध नगराई सम्पर्कबाहिर रहेको बताएका छन् ।

‘हामीले आयोजकसँग धेरैपटक सम्पर्क गर्ने प्रयास ग¥यौं । अव्यवसायिक आयोजक समूहले हाम्रो टीमलाई यस्तो परिस्थितीमा राख्यो । भविष्यमा पनि यस्तो कुराले विश्वासको संकट पैदा गर्न सक्छ । हाम्रा सबै प्रशंसकलाई यसप्रति माफी माग्छौं । आशा गर्छौं, भविष्ष्यमा कुनैपनि कलाकारले यस्तो समस्या भोग्नुपर्ने छैन ।’

माइ टाइप फेस्टिभलले कन्सर्ट आयोजना गरेको थियो । कन्सर्ट स्थगित भएपनि पनि आयोजकले कुनै औपचारिक वक्तव्य जारी गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?