+
+

‘मैले त लगाएँ एचपीभी खोप, तपाईंले ?’ (तस्वीरहरू)

खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ माघ २२ गते १२:३७

२२ माघ, काठमाडौं । देशभर एकैपटक पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेपछि अभियानको औपचारिक सुरु भएको हो ।

अभियानको सुरु भएपछि देशभर विभिन्न केन्द्रमा स्वास्थ्यकर्मीहरूले किशोरीहरुलाई खोप लगाइरहेका छन् ।

देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ । यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

बालुवाटारस्थित शिवपुरी उच्चमावि खोप केन्द्रका केही तस्वीरहरू :

   

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?