+
+

कैलालीमा बस दुर्घटना हुँदा चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १२:४१

२२ माघ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

काठमाडौंबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००२ नम्बरको बस आज बिहान सडक किनारमा पल्टिएको थियो ।

बसमा सवार ४५ जना यात्रुहरुमध्ये चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा दार्चुलाकी एक किशोरी अचेत अवस्थामा छिन् । अरु तीन जना घाइते भने सामान्य अवस्थामा छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?