
फाइल तस्वीर
२२ माघ, काठमाडौं । धरानमा रोकिराखेको कारबाट प्रहरीले ४ सय १० किलो गाँजा बरामद गरेको छ ।
धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकमा रोकेको कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुट केसबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4