+
+

ह्वाट्सएपमाथि साइबर हमला, कैयौं व्यक्तिका अकाउन्ट ह्याक

तपाईं पनि जाँच गर्नुहोस् आफ्नो एकाउन्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १२:५८

निकै सुरक्षित मानिएको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमाथि साइबर आक्रमण भएको छ । मेटाका अनुसार जेरो क्लिक विधिको प्रयोग गरेर ह्वाट्सएपमाथि ह्याकरहरुले आक्रमण गरेका हुन् । यसबाट केही संख्याका ह्वाट्सएप प्रयोगकर्ताहरु साइबर हमलाकारीको निशानामा परेको समाचारमा उल्लेख गरिएको छ ।

ह्वाट्सएपमाथिको पछिल्लो साइबर हमलामा इजरायली कम्पनी प्यारागन सोलुसन्सको निगरानी सफ्टवेयर Graphite को प्रयोग भएको दाबी मेटाले गरेको छ । साथै ९० जना ह्वाट्सएप प्रयोगकर्ताको अकाउन्ट ह्याक भएका उसले जानकारी दिएको छ ।

ह्वाट्सएपले पनि साइबर आक्रमणकारीहरुले ९० जना प्रयोगकर्तालाई सिकार बनाएको र सम्भवतः उनीहरुको डेटा चोरी गरेको पुष्टि गरेको छ । ती ९० जनामा पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरु समेत रहेका छन् । यद्यपि उनीहरुको बारेमा थप विस्तृत विवरण आएको छैन ।

मेटाका अनुसार साइबर आक्रमणकारीले केही छानिएका व्यक्तिलाई सिकार बनाए । त्यसमा पत्रकार, नागरिक समाजका सदस्य लगायतका रहेका छन् । यसरी आक्रमण पर्नेमा विभिन्न २० देशका ह्वाट्सएप प्रयोगकर्ता छन् ।

Paragon Solution को Graphite सफ्टवेयरले वास्तवमा जेरो क्लिक विधिबाट काम गर्दछ । यसको अर्थ क्लिक नगरीकनै यो डिभाइससम्म पुग्दछ र डेटा चोरी गर्ने क्षमता राख्दछ । यस अवस्थामा स्मार्टफोन प्रायेगकर्तालाई आफ्नो फोनमा साइबर हमला भएको पत्तो हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?