२२ माघ, काठमाडौं । रचना कुमारी चौधरीले नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएकी छन् ।
काठमाडौंमा जारी महिला टी-२०आई शृंखलाअन्तर्गत मंगलबार थाइल्याण्डसँगको खेलमा नै डेब्यू गरेकी बाँयाहाते स्पीनर रचनाले राष्ट्रिय टिमका लागि डेब्यू विकेट लिएकी हुन् ।
उनले फनिता मायालाई विकेटकिपर अलिशा कुमारी यादवको हातबाट क्याच आउट गराइन् । कविता कुँवर चोटका कारण बाहिरिएपछि उनको ठाउँमा रचना टिममा आएकी थिइन् ।
रचनाले यसअघि यू-१९ टोलीबाट महिला टी-२० विश्वकप खेलेकी थिइन् । थाइल्याण्डले नेपालविरूद्ध पहिले ब्याटिङ छ ।
प्रतिक्रिया 4