+
+

०६४ को माया पचाउन सकिएन, जनतामा फर्कने कसम खाएको छु : प्रचण्ड

‘आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौं । जनताको काखमा थियौं । अहिले हामी काठमाडौंको जंगलमा भयौं । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १५:१९

२२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन् ।

मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब जनतातिरै फर्कने कसम आफूले खाएको पनि दाबी गरे ।

‘हामी माओवादीहरूलाई पहिलो चोटी जनताले अपार विश्वास गरेकै हो । कांग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो । हामीलाई तपाईंहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो,’ प्रचण्डले सम्बोधनको क्रममा भने ।

साथै, उनले सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको दाबी गरे ।

‘आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौं । जनताको काखमा थियौं । अहिले हामी काठमाडौंको जंगलमा भयौं । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु,’ प्रचण्डले भने ।

उनले आफ्नै छोराछोरी सम्झेर माओवादीलाई माफी गरिदिन पनि आग्रह गरेका छन् ।

‘हामीले केही त्रुटि गर्‍यौं । हामीले जुन वर्ग समुदायका लागि लडाईं लडेका थियौं, त्यो समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदै गयो । शंका पैदा हुने वातावरण पैदा हुँदै गयो । त्यसकारण पनि जनतामा एउटा निराशा र असन्तुष्टि बढ्दै गयो,’ प्रचण्डले भनेका छन्, ‘अब एकचोटी गल्ती सच्याउने, आफ्नै वर्गतिर फर्कने, फेरि शहिद, अपाङ्ग, दलित, आदिवासी जनजाती, मजदुर किसान, मुस्लिम, थारु, मधेशीको निम्ति फर्कने संकल्प गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?