+

हिमालयन ‘ए’ ले जित्यो केसीए यू-१४ क्रिकेटको उपाधि

२०८१ माघ  २२ गते १७:१९ २०८१ माघ २२ गते १७:१९
हिमालयन ‘ए’ ले जित्यो केसीए यू-१४ क्रिकेटको उपाधि

२२ माघ, काठमाडौं । हिमालयन क्रिकेट एकेडेमीले केसीए यु- १४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै उपाधि जितेको हो।

हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७‍.५ ओभरमका सबै विकेट गुमाएर ३६ रन मात्रै बनाउन सक्यो। उसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका लागि तपेन्द्र विष्टले २६ रन बनाउँदा सुलभ न्यौपानेले १५ रनको योग्दान दिए।

उपाधिसँगै हिमालयनले ५० हजारसहित ट्रफी मेडल पायो भने उपविजेता ओएिससले ३० हजार पायो।

यस्तै, प्रतियोगिताको सर्वाधिक १० विकेट लिएका हिमालयन ए का सौगात धामी उत्कृष्ट बलर घोषित भए भने उत्कृष्ट ब्याटर केबीन दैलिएल तथा प्लेयर अफ द सिरिज हिमालयन ए जयन्द्र विष्ट घोषित भए। यी तीनै विधाका खेलाडीहरूले समान ५ हजार प्राप्त गरे ।

केसीए यु-१४ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय