+

आहारारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

२०८१ माघ  २२ गते १७:१३ २०८१ माघ २२ गते १७:१३
आहारारा पोखरा गोल्डकपमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

२२ माघ, पोखरा । पोखरामा आजदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम नेपाल पुलिसले विजयी सुरुआत गरेको छ । आज पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको हो ।

खेलको ३६औं मिनेटमा उज्वल राईले हानेको कर्नर सिधै गोल भएको थियो । सोही बल नै निर्णायक बन्न पुग्यो । उज्वलले माथि उठाएर कर्नर हानेका थिए । सहाराका गोलकिपर सन्तोष महतले बल रोक्ने कुनै अवसर नै पाएनन् ।

योसँगै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा खेल्नेछ । प्रतियोगितामा भोली बुधबार एपीएफ एफसी र मछिन्द्र एफसीबीच खेल हुनेछ ।

 

आहारारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय