+
+

६ महिनामा ४६७ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

नेपालमा भारतीय बाहेक तेस्रो देशका नागरिकले बढी श्रम स्वीकृति लिने गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १७:१९
फाइल तस्वीर

२२ माघ, काठमाडौं । नेपालमा काम गर्ने उद्देश्यले पछिल्लो ६ महिना ४ सय ६७ विदेशीले नयाँ श्रम स्वीकृति लिएको पाइएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ती विदेशीले नयाँ श्रम स्वीकृति लिएका हुन् ।

गत पुसमा मात्र ७० विदेशीले श्रम स्वीकृति लिएका थिए । यस अवधिमा ७ सय २२ विदेशीकले श्रम स्वीकृति नवीकरण गरेका छन् । यस अनुसार पुस मसान्तसम्म कुल १ हजार १ सय ८९ जना विदेशीले श्रम स्वीकृति लिएर काम गरिरहेको देखिएको छ ।

नेपालमा भारतीय बाहेक तेस्रो देशका नागरिकले बढी श्रम स्वीकृति लिने गरेको पाइएको छ । पछिल्लो ६ महिनामा प्रतिष्ठानहरूमा विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे २१ पटक अनुगमन भएको विभागले जनाएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या मासिक औसत साढे ६५ हजार हाराहारी छ ।

पुससम्म ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यसको तुलनामा नेपालमा काम खोज्दै आउने विदेशीको संख्या थोरै भए पनि श्रम स्वीकृति लिएर काम गर्नेले नेपालमा गुणस्तरीय जागिर पाइरहेका हुन्छन् ।

विदेशी लगानीका ठूला परियोजना, होटल तथा आतिथ्य उद्योग, पाइलट सहितका क्षेत्रमा विदेशी नागरिकले राम्रो जागिर पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?