+
+

धनुषामा २ मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषामा पूर्वतर्फ जाँदै गरेको ज१३प १०२९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ज८प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ४ जना घाइते भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १७:३१

२२ माघ, जनकपुरधाम । धनुषामा मंगलबार दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ मा पूर्वतर्फ जाँदै गरेको ज१३प १०२९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ज८प ७३०७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ४ जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार घाइते हुनेमा ज १३ प १०२९ नम्बरको मोटरसाइकलका चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का २६ वर्षीय महादेव यादव र पछाडि सवार २२ वर्षीय सुदीपकुमार यादव रहेका छन् ।

यसैगरी ज ८ प ७३०७ नम्बरको मोटरसाइकलका चालक सिराहाको कल्याणपुर नगरपालिका-६ का २३ वर्षीय अफ्ताब राइन र पछाडि सवार गणेशमान चारनाथ नगरपालिका-२ का २५ वर्षीय नसालुन राइन घाइते भएका छन् ।

घाइते चारै जनाको गणेशमान चार्नाथ नगरपालिका स्थित कमलामाई अस्पतालमा उपचार भइरहेको डीएसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?