+
+

झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १८:३७

२२ माघ,  कनकाई (झापा) । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।

गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार, ६ राउण्ड गोली चलेकामा एक राउण्ड उनको खुट्टामा लागेको हो ।

उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो ।

उनलाई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?