+

महिला टी-२० शृंखलामा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ माघ  २३ गते ७:१३ २०८१ माघ २३ गते ७:१३

नेपाल यसअघिका चारवटै खेलमा पराजित भइसकेको छ भने उपाधि होडबाट बाहिरिसकेको छ । नेपाल अब बाँकी दुई खेलहरूमा प्रतिष्ठाको लडाइँमा हुनेछ ।

महिला टी-२० शृंखलामा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

२३ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेल्दै छ ।

खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् ।

नेपाल यसअघिका चारवटै खेलमा पराजित भइसकेको छ भने उपाधि होडबाट बाहिरिसकेको छ । नेपाल अब बाँकी दुई खेलहरूमा प्रतिष्ठाको लडाइँमा हुनेछ ।

नेदरल्याण्ड्सका लागि भने यस खेल जित्नैपर्ने दबाब रहनेछ । चार खेलमा दुई जित निकालेको नेदरल्याण्ड्स उपाधि होडमा अझै जीवित छ । नेपाल भने ऐतिहासिक जितको खोजीमा हुनेछ ।

शृंखलामा थाइल्याण्डले हालसम्म चारवटै खेल जित्दै उपाधि दाबेदारको रूपमा रहेको छ । थाइल्याण्डले अब नेपाल र नेदरल्याण्ड्ससँग एक-एक खेल खेल्न बाँकी छ ।

नेपालले यसपछि अन्तिम खेलमा शुक्रबार थाइल्याण्डसँग खेल्ने छ ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, रचना कुमारी चौधरी, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट 

महिला टी-२०आई शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय