
२३ माघ, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नाफा १८ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ करोड ७५ लाख ९१ हजार रुपैयाँ छ ।
कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा २ करोड १५ लाख २२ हजार खुद नाफा कमाएको थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा छ ।
खुद ब्याज आम्दानी बढ्दा पनि नाफा घटेको छ । गत आवको ६ महिनामा खुद ब्याज अम्दानी १७ करोड ८९ लाख रुपैयाँ रहेकोमा अहिले १९ करोड ७२ लाख रुपैयाँ छ ।
कम्पनीले निष्क्रिय कर्जामा पनि सुधार गरेको छ । गत वर्षको पुस मसान्तसम्म निष्क्रिय कर्जा कुल कर्जामा ९.६३ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म ८.४७ प्रतिशत छ ।
प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९४ पैसा रहेको कम्पनीको बजार मूल्य हाल ११७५ रुपैयाँ छ ।
प्रतिक्रिया 4