+
+

कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनमा ६ जनाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ९:४०

२३ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनको लागि ६ जनाको आवेदन परेको छ ।

दुई जना सहायक डिनको लागि ६ जनाको आवेदन परेको हो । जसमा दुई जना महिलाको पनि आवेदन परेको छ ।

त्रिविमा पछिल्लो समय महिलाको आवेदन नपरेको विषय उठ्ने गरेको थियो । यसपटक डा. रमा पौडेल र डा. हुमा न्यौपानेको आवेदन परेको हो । त्यसैगरी आवेदन दिनेमा डा. पुष्पराज पौडेल, डा. मुक्तिराम पौडेल, डा. राम भजन मण्डल र डा. शम्भु शाहको आवेदन परेको हो । उनीहरूको अन्तर्वार्ता २७ माघमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?