२३ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालले आज एक परिवर्तन गरेको छ । अलिशा कुमारी यादवको स्थानमा सीता राना मगर टिममा फर्किएकी छन् ।
नेपाल उपाधि होडबाट बाहिरिसकेकाले यस खेल प्रतिष्ठाको लडाइँका रूपमा रहनेछ ।
नेपालको प्लेइङ ११ : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनिषा उपाध्याय, रोमा थापा, ममता चौधरी, रचना कुमारी चौधरी
प्रतिक्रिया 4