
२३ माघ, धनगढी । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन् ।
प्रेस सेन्टर कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले दुई ठूला दल मिलेर गठबन्धन सरकार चलाइरहेका कारण माओवादी प्रतिपक्षमै बस्ने बताए ।
‘हामीले वामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुनले भने, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुुभएको छ । उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ ।’
नेकपा विभाजनपछि नयाँ समीकरण बनिसकेको अवस्थामा स्वयं ओलीले नै अध्यक्ष प्रचण्डलाई ६ महिनासम्म लगातार भेटेर तत्कालीन सयममा सरकारको नेतृत्व हस्तान्तरण नगर्नु गल्ती थियो भनेर स्वीकार गरेको बताए ।
ओलीकै आग्रहअनुुसार कोर्स करेक्सन गरेर पुनः सरकार निर्माण गर्न गठबन्धन गरिएको उनको भनाइ थियो । तर, ओलीले प्रचण्डबाट आफूले ठूलो धोका पाएको भन्दै वामपन्थी गठबन्धनका नाममा प्रतिशोध साँधेको उनको दाबी छ ।
‘नेकपा बन्यो टिकेन । ओली कमरेडले अध्यक्ष प्रचण्डलाई तपाईंलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो त्यो नगर्दा गल्ती भयो । नयाँ समीकरण बनेको पनि नेकपाको बहुुमत नटिकेरै हो । त्यसैले कोर्स करेक्सन गरौँ भनेर हाम्रो तहमा पनि भनिरहनुभयो,’ पुुनले भने, ‘त्यसपछि नै वामपन्थी विचार हुनेहरू मिलौँ भनेर सरकार परिवर्तन गरेका हौँ । म सहितका साथीहरू लागेकै हो । तर ओली कमरेडमा त्यो खालको रहनेछ ।’
अहिले कांग्रेसकै नेताहरूले त्यो बेला ‘ओलीले प्रचण्डले सताएका छन् दुुई महिनामै फर्किन्छु’ भनेर माओवादीसँग मिलेको बताउने गरेको पुुनको दाबी छ । अहिले माओवादीलाई प्रतिपक्ष बस्न सुुझाव प्राप्त भएको बताउँदै पुुनले २०८४ मा सबै तहका निर्वाचन एक्लै लड्ने दाबी समेत गरेका छन् ।
अध्यादेश राष्ट्रियसभाबाट फेल हुुनसक्छ
फरक प्रसंगमा बोल्दै नेता पुनले सरकारले प्रतिनिधि सभा छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको बताए । सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट फेल हुुने अवस्था रहेको उनको भनाइ छ ।
दुई ठूला दल मिलेर बनेको सरकारले अध्यादेशमार्फत शासन चलाएर संसद्को मानहानी गर्दैै बहुमतको आडमा स्वच्छाचारी र निरुकुंशता लाद्न खोजेको आरोप पुुनको छ ।
‘हामीसँग बहुुमत छ । जे गर्दा पनि हुुन्छ । अध्यादेश ल्याउँछौँ पारित गछौँ भन्ने मनसाय सरकारको देखिन्छ तर त्यो हुनु दुःखद कुरा हो,’ पुनले भने, ‘लोकतन्त्र, विधिको शासनमा कानुन संसद्ले बनाउने हो । कार्यान्वयन कार्यपालिकाले गर्छ । कार्यपालिकाले बनाउन थाल्यो भने संसद्को कामै हुँदैन ।’
अहिलेका प्रधानमन्त्रीले विगतमा आफूूसँग दुुई तिहाइ बहुमत हुँदाहुँदै संसद् छल्ने, अध्यादेशमार्फत शासन गर्ने र संसद विघटन गर्ने काम गरेका थिए फेरी त्यही प्रवृत्ति दोहोरिएको आम आशंका उब्जिएको उनी बताउँछन् ।
ओलीले आफूले विगतमा गरेका काम सही थिए भनेर पुष्टि गराउन प्रयत्न गर्न खोजेको देखिएको पनि पुनले बताए । सरकारले भनेजस्तो अध्यादेश पारित गराउन सहज अवस्था नरहेको बताउँदै उनले राष्ट्रिय सभाबाट फेल हुने आशंका रहेको बताए ।
‘सरकारले भनेजस्तो कम्फर्टेबल अवस्था पनि छैन । कांग्रेस सभापतिले नै राष्ट्रिय सभामा रहेका दललाई सम्पर्क गर्दै अध्यादेश पािरत गर्न सघाउन भनिरहनुभएको छ,’ पुुनले भने, ‘अध्यादेश राष्ट्रिय सभामा फेल हुन्छ भन्ने आशंका पनि छ । त्यो यथार्थ पनि हो । माओवादी र समाजवादी जोड्दो ठूलो संख्या छ । कांग्रेस, एमाले बाहेकका दलले समर्थन नगर्दा सहजै फेल हुने देखिन्छ ।’
प्रतिक्रिया 4