+
+

दाजुको हत्या आरोपी २० वर्षपछि पक्राउ

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १२:४७
प्रतीकात्मक तस्वीर

२३ माघ, काठमाडौं । आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनले आफ्नै ४० वर्षीय दाइ गणेश रजकको १ माघ २०६१ मा हत्या गरेको आरोप छ ।

हत्यापछि २० वर्षसम्म उनी फरार हुँदै आएका थिए । पक्राउ परेका उनीविरुद्ध सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?