+

नेदरल्यान्ड्सविरूद्ध पुजा महतोको अर्धशतक

२०८१ माघ  २३ गते १३:२१ २०८१ माघ २३ गते १३:२१
नेदरल्यान्ड्सविरूद्ध पुजा महतोको अर्धशतक

२३ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि पुजा महतोले अर्धशतक प्रहार गरेकी छन् । चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले ४३ बलमा चार चौकासहित अर्धशतक बनाएकी हुन् ।

जारी शृंखलामा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।

नेपालले १७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १११ रन बनाएको छ ।

पुजा महतो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय